May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

गणेश सेमिफाइनल चरणमा

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:0५
गणेश सेमिफाइनल चरणमा
  • १९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट
  • १६ जनामध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन्। बाँकी ६ खेलाडी बाहिरिने

हाङचाओ : १९औं एसियाली खेलकुदअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट भएका छन्। दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन्। क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ।

गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४औं भएका थिए। पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए। दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौं भए पनि छनोट हुन सफल भए। दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भएका थिए। सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन्। १६ जनामध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन्। बाँकी ६ खेलाडी बाहिरिने छन्।

यसैगरी कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित भएकी छन्। लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले सुवाङ्गीलाई ८–० ले पराजित गरेकी हुन्। पहिलो राउन्डमा श्रृपाराले ८–० अंक जोडिन् भने दोस्रोमा दुवैले अंक बटुल्न सकेनन्।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।