sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेसको विरोध गर्नेलाई अनुशासित भएर सम्झाउनु पर्छ : जितजंग

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १0:४0
कांग्रेसको विरोध गर्नेलाई अनुशासित भएर सम्झाउनु पर्छ : जितजंग
  • कांग्रेस बिरोधिसंग अनुशासित रुपमा प्रतिवाद गर्न  आह्वान 
  • तर तरुण दल विचलित हुनु हुँदैन
  • ‘आज तरुण दललाई चारैतिरबाट प्रहार गरेका छन् 

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण दल पूर्वअध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसका नेता-कार्यकर्तामाथि चारैतिरबाट प्रहार भएको बताएका छन् । तर त्यसबाट विचलित नभई अनुशासित रुपमा प्रतिवाद गर्न उनले आह्वान गरेका छन् । काठमाडौंमा आइतबार आयोजित तरुण प्रतिज्ञा सभालाई सम्बोधन गर्दै बस्नेतले प्रजातन्त्रवादी पार्टीलाई प्रहार गर्नेहरुलाई विचारले नै परास्त गर्न सकिने बताए ।  ‘आज तरुण दललाई चारैतिरबाट प्रहार भएको छ । तर तरुण दल विचलित हुनु हुँदैन ।

हामी अरु पार्टीजस्तो होइन । अरु संगठन जस्तो होइन । वाईसीएल र युथफोर्स जस्तो असुलीबसुली र शक्तिको भरमा खुकुरी नचाएर हिँड्ने संगठन तरुण दल होइन,’ बस्नेतले भने, ‘तरुण दल वैचारिक रुपले हिँड्नुपर्छ । विचारले नै जित्ने हो समाजलाई ।’ प्रजातन्त्रवादी पार्टीलाई चारैतिरबाट प्रहार गर्ने शक्तिलाई विचारले नै परास्त गर्न सक्ने उनको धारणा थियो ।

कांग्रेसमाथि चारैतिरबाट आक्रमण भएको उदाहरणको रुपमा उनले तरुण दलका पूर्वअध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेलमा परेको, पूर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र खगेन्द्र हाङ्गाममाथि ताप्लेजुङमा प्रहरीबाट आक्रमण भएको बताएका थिए ।

तर यस्ता घटनाबाट विचलित नभई अनुशासित रुपमा प्रस्तुत हुन उनले आह्वान गरे । ‘परास्त गर्नका लागि तपाईं हामी अनुशासित हुनु जरुरी छ,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र पनि अनुशासन ल्याउन जरुरी छ ।’

अनुशासनको सन्देश दिने निलो पोशाकमा तरुण दलका नेता-कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएको भन्दै खुसी व्यक्त गरेका बस्नेतले भने, ‘तपाईंहरु अनुशासित हुनुस्, यो देशलाई बदल्नका लागि नेपाली कांग्रेसलाई शक्तिशाली पार्टीको रुपमा रुपान्तरण गर्न जरुरी छ । नेपाली कांग्रेसभित्र पनि अनुशासन ल्याउन जरुरी छ । अन्याय, अत्याचार भ्रष्टाचार विरुद्ध तपाईं हामी तरुण दल मिलेर लड्न जरुरी छ ।’

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid