May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आज विश्व दृष्टि दिवस : ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराकासाथ मनाइँदै

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० 0९:३३
आज विश्व दृष्टि दिवस : ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराकासाथ मनाइँदै

काठमाण्डाै – आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा चेतनामूलक कार्यक्रम हुँदैछन् ।

प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले कार्यस्थलमा आँखालाई माया गरौँ भन्ने नारासहित सप्ताहव्यापी रुपमा चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरी विश्व दृष्टि दिवस मनाउन लागिएको बताउनुभयो । आँखामा अन्धोपन ल्याउने मुख्य कारक मोतीबिन्दु हो ।

मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ । त्यस्तै, उच्च रक्तचाप हुँदा, सुगर हुँदा दृष्टि मधुरो हुँदै जाने जोखिम हुन्छ । नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेको छ । यो उमेर समूहका अधिक मानिस मोतिबिन्दुबाट पीडित हुने गरेका छन् ।

आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलबिन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले ३९ वटा पालिकासँग अन्धोपन निवारण गर्न प्राविधिक सहयोगका साथ सहकार्य गरिरहेको छ । शरीरमा कुनै पनि स्वास्थ्य समस्या नदेखिए पनि ६/६ महिनामा आँखाको दृष्टि जचाउन विज्ञको सुझाव छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० 0९:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट