July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

निरा पाण्डे हत्याको विषय उठ्यो प्रतिनिधि सभामा

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:११
निरा पाण्डे हत्याको विषय उठ्यो प्रतिनिधि सभामा

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगरमा निरा पाण्डे आचार्यको सात दिन अघि हत्या भएको विषय संसदमा उठेको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसदहरु बिजुला कुमारी रायमाझी र गगन कुमार थापाले सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन, प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सांसद रायमाझीले मातातीर्थ औसीको दिन पाण्डेको कारुणिक र बीभत्स हत्या भएको जानकारी गराउँदै सात दिनसम्मपनि अपराधी पत्ता लगाउन नसक्नुमा प्रहरीमाथि नै शंका उत्पन्न भएको बताइन् । उनले छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।
सांसद गगन थापाले पाण्डेको हत्यारालाई छिटो पत्ता लगाउन आग्रह गरे ।

उनले भने,‘दिनदहाडै घाँटी रेटेर करिब २२–२३ ठाउँमा छुरी प्रहार गरेर उहाँको हत्या भएको छ, सात दिन भयो, उहाँहरु प्रहरी कार्यालय धाइराख्नुभएको छ । मन्त्रालय गइरहनुभएको छ तर ठोस जवाफ पाइरहनुभएको छैन । संर्घषको कार्यक्रम भइरहेको छ, वरिपरिका मान्छेहरु अत्तालिइरहनुभएको छ, प्रहरीलाई भेट्दा अनुसन्धान भइरहेको छ तर विश्वास भइरहेको छैन ।’
उनले गृहमन्त्रीलाई घटनाको सत्य तथ्य जानकारी दिन र सुरक्षामाथि विश्वास गर्ने वातावरण बनाउन आग्रह गरे । उनले सिसिटिभी झुण्डाउनेमात्र हैन त्यसलाई व्यवस्थित बनाउनका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट