उर्लाबारी, असोज २६ गते । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ । उहाँकी आमा हंशनुमा लिम्बूको शुक्रवार बिहान ५ बजे मोरङको लेटाङ–६ गुवाबारीमा ९९ वर्षको उमेरमा मृत्यु भएको हो ।
लिम्बूका ७ छोरा र ५ छोरी छन् । कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आउनुभएकी हंशनुमाको शुक्रवार दिउँसो आफ्नै जातीय परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।
मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित लिम्बू नेपाली काङ्ग्रेस मोरङका सभापतिसमेत हुनुहुन्छ ।