April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अर्थ मन्त्रालयका पूर्वसचिव सुवेदीविरुद्ध मुद्दा नचलाउने निर्णय

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १0:२८
अर्थ मन्त्रालयका पूर्वसचिव सुवेदीविरुद्ध मुद्दा नचलाउने निर्णय
  • मधुकुमार मरासिनीलाई सघाएको भन्दै अख्तियारले शान्तराज सुवेदी माथि ‘मतियारको कसुर गरेको’ दावी
  • राष्ट्रिय भुक्तानी प्रणाली-नेशनल पेमेन्ट गेटवे अनियमितता प्रकरण
  • बकपत्र गरेमा प्रतिकूलपछि मुद्दा चलाउने चेतावनी

काठमाडौं ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भुक्तानी प्रणाली-नेशनल पेमेन्ट गेटवे  अनियमितता प्रकरणमा अर्थ मन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदी पनि मतियार भएको निष्कर्ष निकालेको छ ।बजेटको रातो किताबमा नपरेको योजनालाई आर्थिक वर्षको अन्त्यमा निकासा गर्न भूमिका खेल्ने आफू मातहतका मधुकुमार मरासिनीलाई सघाएको भन्दै अख्तियारले उनीमाथि ‘मतियारको कसुर गरेको’ दावी गरेको हो ।

तर सुवेदीले अनियमितताको घटनामा संलग्न मधु मरासिनीको भूमिका खुलाइदिएको र अनुसन्धानलाई सघाएको भन्दै उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ । ‘बजेट विनियोजन गर्दा आफूसँग छलफल नभएको, बजेट निर्माणको जिम्मेवारी बजेट तथा कार्यक्रम महाशाखालाई हुने गरेको अनि दुविधा वा अलमल भएमा मात्रै सचिव वा मन्त्रीसँग सल्लाह गर्नुपर्ने अवस्था भएपछि मरासिनीले त्यसो नगरेको भनी बयान दिएका थिए ।
 

अख्तियारको निर्णयमा भनिएको छ, ‘बजेट विनियोजनका सन्दर्भमा मधुकुमार मरासिनीको भूमिका र संलग्नता स्पष्ट पारी बयान गरी, आफ्नो भएगरेको व्यहोरा सत्य खुलाई अनुसन्धानमा सहयोग गरेको हुँदा सजायको मागदावीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा पेश गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।’

अख्तियारले अर्थ मन्त्रालयमा रहेका कम्प्युटर अधिकृत ठेकु श्रेष्ठको हकमा पनि सचिव सुवेदीकै शैलीमा सरकारी साक्षीको रुपमा पेश गरी सजाय मागदावीमा छुट दिएको छ । पेमेन्ट गेटवेको बजेट निकासाका लागि कम्प्यूटरमा विवरण इन्ट्री गरेका उनले बयानका क्रममा तत्कालीन महाशाखा प्रमुख मरासिनीको नियन्त्रण र निर्देशनमा काम गरेको बताएका थिए । अख्तियारले दुवैजनासँग अख्तियारकै शैलीमा विशेष अदालतमा बकपत्र गर्न सहयोग मागेको छ । उसले  बकपत्र गरेमा प्रतिकूलपछि मुद्दा चलाउने चेतावनी समेत दिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।