May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

चिकित्सकलाई नयाँ नियम : सीप परीक्षणमा उत्तीर्ण भए मात्रै लाइसेन्स परीक्षा

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:0३
चिकित्सकलाई नयाँ नियम : सीप परीक्षणमा उत्तीर्ण भए मात्रै लाइसेन्स परीक्षा

काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने भएको छ ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले मापदण्ड परिमार्जन गरी सीप परीक्षणको व्यवस्था गरेको हो । यो व्यवस्था काउन्सिलले यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ ।

एमबीबीएस र बीडीएस उत्तीर्ण गरी ६ महिनापछि इन्टर्नसिप गरेपछि मात्र विद्यार्थीहरु चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुँदै आएका थिए । त्यसलाई संशोधन गर्दै नेपाल मेडिकल काउन्सिलले सीप परीक्षमा उत्तीर्णपछि मात्र लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

इन्टर्नसिपकै बेला विद्यार्थीले बिरामी जाँच्ने तरिका, पेसागत मूल्यमान्यता, संक्रमण रोकथामलगायत ६० वटा सीप जान्नुपर्ने भए पनि काउन्सिलले २० वटा महत्त्वपूर्ण सीपको परीक्षा लिन लागेको हो । विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विज्ञसँगको छलफलपछि मापदण्ड संशोधन गरेको काउन्सिलले बताएको छ ।

प्रयोगात्मकका लागि चाहिने सामाग्री ।
काउन्सिलका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारी भन्छन्, ‘अहिलेसम्म काउन्सिलले ज्ञानको परीक्षण गर्दै आएको छ । हामीले लिखित परीक्षा लिएर लाइसेन्स दिँदै आएका छौं । यो ज्ञान मात्रको परीक्षण थियो । अब हामीले सीपको पनि परीक्षण लिने भएका हौं । इन्टर्नमा सिकेका उसले सिकेको सीप प्रमाणित भएपछि मात्रै काउन्सिलले लाइसेन्स दिने भएको हो ।’

स्वदेशी विद्यार्थीको हकमा सम्बन्धित कलेजको शिक्षण अस्पताल र विदेशमा अध्ययन गरेर आएका विद्यार्थीको हकमा त्रिवि शिक्षण अस्पताल, धरान र सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सार्वजनिक शिक्षण संस्थामा सीप परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसका लागि विश्वस्वास्थ्य संगठन र सरकारको सहयोगमा सबै मेडिकल कलेजमा सुविधासम्पन्न सीप परीक्षण प्रयोगशाला निर्माण गरी यसै वर्षदेखि कार्यान्वयनमा ल्याइने भएको छ ।

यो व्यवस्था नेपालको लागि आवश्यक नै रहेको चिकित्सा शिक्षाका विज्ञ प्राडा करवीरनाथ योगीको भनाइ छ । उनी स्पष्ट पार्छन्, ‘नेपालका केही मेडिकल कलेजमा सीप सिकाउने राम्रो व्यवस्था छैन । कलेजकै क्षमताका कारण पनि सीप सिक्न पाउँदैनन् ।’

त्यस्तै, किस्ट शिक्षण अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्य भन्छन्, ‘सौद्धन्तिक विषय मात्र पढ्दा पास भइहालिन्छ भनेर विद्यार्थीहरु प्रयोगात्मक कुरामा खासै ध्यान दिँदैनन् । यो व्यवस्थामा त इन्टर्नमै सबै गर्नुपर्ने हुन्छ ।’

चिकित्सक लाइसेन्स परीक्षाअघि सीप परीक्षणको व्यवस्था दक्षिण एसियासहित अन्य विकसित मुलुकहरुले कार्यान्वयनमा ल्याइसकेका छन् । विदेशमा पढेर आएका र नेपालकै २१ वटा शिक्षण संस्थाका गरी नेपालमा बर्सेनि २५ सय डाक्टर उत्पादन हुन्छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।