May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जुगल र कर्माको गीतिसँग्रह ‘कर्मा’ थाईल्यान्डमा बिमोचन

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १६:५९
जुगल र कर्माको गीतिसँग्रह ‘कर्मा’ थाईल्यान्डमा बिमोचन

काठमाडौं, २७ असोज
संगीतकार जुगल डँगोलको संगीतमा नयाँ गीतिसँग्रह ‘कर्मा’ श्रोतामाझ आएको छ । जसमा गीतकार कर्माको एकल रचना रहेको छ । थाई नेपाली संघले थाईल्यान्डमा एक कार्यक्रम बीच यो गीतिसँग्रहलाई सार्वजनिक गरेको छ । थाली नेपाली संघको प्रस्तुति रहेको यो गीतिसँग्रहलाई थाई नेपाली संघका अध्यक्ष बासना राईले एक समारोहबीच सार्वजनिक गरेकी हुन् ।
थाईल्यान्डमै बसोबास गर्दै आएका नेपाली भाषी थाई कलाकारहरुको यो सँग्रहमा बाहुल्यता रहेको छ । सँग्रहमा पाँच वटा गीत रहेको छ । यी सबै गीतहरु कर्माले रचना गरेका हुन् । गीतकार कर्मा पनि थाईल्यान्ड बासी नै हुन् ।
विमोचन समारोहमा सो संघका संरक्षक कुमार कार्कीले सँग्रहका गायक गायिकाको प्रसँसा गर्दै भ्वाईस अफ नेपाल, मेरो भ्वाईस युनिभर्स जस्ता थुप्रै अन्तराष्ट्रिय नेपाली गायन रियालिटी शोमा थाईल्यान्डका नेपाली भाषी गायक गायिकाहरुले आफ्नो राम्रो प्रस्तुति दिईसकेको बताए । नेपाली भाषीहरु जहाँ रहे पनि उनीहरुले आफ्नो भाषा, भेषभुषा, धर्म सँस्कृति र परम्पारलाई सँधै जोगाएर अघि बढाउने गरेको सो संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष कार्कीले बताए ।
सो संघकी अध्यक्ष वासना राईले पनि आफुहरुले थाईल्यान्डमा रहेका नेपाली कलाकारहरुको प्रोत्साहनको लागि यो गीतिसँग्रह प्रस्तुत गरेको बताईन् । बिमोचन समारोहमा बोल्दै कर्माले विदेशमा रहेर पनि राम्रो नेपाली गीतहरु हामी ल्याउन सक्छौं भन्ने उदाहरणको लागि पनि यो गीतिसँग्रह बजारमा ल्याएको बताए । आफुहरुले आगामी दिनमा पनि नेपाली भाषी प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पनि उनले कार्यक्रममा जनाए ।
पछिल्लो समय एकल गीत सार्वजनिक गरिँदै आएको बेला यो सँग्रहमा पाँच वटा गीत राखिएको संगीतकार जुगलले बताएका छन् । सँग्रहमा म तिमीलाई सम्झि रहन्छु…, जीवन एक सँघर्ष हो…, पुर्खाको देश…, हेर मेरो आँखामा… र थाई नेपाली संघको शिर्ष गीत रहेको छ ।
यो सँग्रहको गीत मध्य एउटा गीत नेपालबाट गायक शिव परियार गाएका छन् । अर्को गीत हेर मेरो आँखामालाई नेपाली गायिका केन्जुमा सुब्बा र थाईल्यान्डका कलाकार पुनराम भण्डारीले गाएका हुन भने यो गीत केन्जुमाले नै लेखेकी हुन् । यो सँग्रहका गीतहरु म्युजिक भिडियो भने चाँडै बनाएर क्रमश रिलिज गर्दैजाने संगीतकार जुगल डँगोलले बताएका छन् । बाँकी अरु गीतमा थाईल्यान्डका कलाकारहरु अश्विन कुमार तामाङ, विक्की सेन्चुरी, राजा सुवेदी, चेस्टर लिम्बुको स्वर रहेको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट