May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:४४
पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग
  • अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग
  • अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको संघको ठहर
  • यथार्थ विवरण सार्वजनिक गर्न संघले अस्पताललाई समेत अनुरोध

काठमाडौं ।।

नेपाल चिकित्सक संघले पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग गरेको छ । यही कात्तिक १८ गते अस्पतालको ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिइएको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको छ ।डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिने यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमै गम्भीर असर पर्ने संघले उल्लेख गरेको छ ।

“…उक्त घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारबाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न यस संघ जोडदार माग गर्दछ,” संघका महासचिव डा. सन्जिब तिवारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको संघको ठहर छ ।

“उपचारको क्रममा कुनै आशंका उत्पन्न भए सोसम्बन्धी कानुनी माध्यमबाट सत्यतथ्य छानबिन गरी कानुनबमोजिमको दण्ड–सजायको भागीदार जोसुकै हुने कानुनी प्रावधानविपरीत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कुटपिट गर्ने, ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ,” विज्ञप्तिमा उल्लेख छ । ज्येष्ठ नागरिकको मृत्युका विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्न संघले अस्पताललाई समेत अनुरोध गरेको छ ।

 

 

 

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट