May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:१६
रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

काठमाडौँ।
आगामी हप्ता रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’को झन्डै चार मिनेट लामो दृश्य इन्टरनेटमा आएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको निर्माण पक्षबाट नै चलचित्र ‘प्रिभ्यु’को रूपमा सो दृश्य सार्वजनिक गरिएको हो ।

युट्युब तथा फेसबुकमा भाइरल बनिरहेको दृश्यमा पशुपति क्षेत्रमा छायाङ्कन भइरहेको चलचित्रको सेटमा भष्मे डनले नायिका आँचल शर्मासँग फोटो खिच्न चाहेको र नपाएपछि आफ्नै सहकर्मीहरू प्रयोग गरी सम्मानजनक स्थान प्राप्त गर्न सफल भएको देखाइएको छ । यो ‘प्रिभ्यु’ले अभिनेता विपिन कार्कीको पात्र चरित्रलाई ‘जस्टिफाई’ गर्ने प्रयास गरेको छ ।

यस चलचित्रमा अघिल्लो चलचित्र ‘पशुपति प्रसाद’को प्रमुख पात्र पशुपति प्रसादको मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भष्मे डन’को जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई देखाइएको छ । भष्मे डनको आफ्नो परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथामा यो चलचित्र निर्माण गरिएको छ ।

चलचित्रमा विपिन कार्की सहित सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।