काठमाडौं ।।
सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । उनले बैठकका एजेन्डा भने खुलाएका छैनन् ।कोसी प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल हुन सक्ने बैठकमा सहभागी हुने एक पदाधिकारीले बताए । “विषय खुलाइएको छैन । कोसीबाहेक अर्को के होला र एजेन्डा !,” ती पदाधिकारीले भने ।