May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

मेलम्चीको मुहान सार्ने तयारी गर्दै

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १३:४९
मेलम्चीको मुहान सार्ने तयारी गर्दै
  • मेलम्ची खानेपानी मुहानस्थल सात सय मिटर माथि सार्ने तयारी
  • नयाँ मुहानस्थल बनाउनु पर्ने निष्कर्ष
  • वर्षायाममा आयोजनामा क्षति नहोस् भनी सुरुङमा पानी पठाउने मुहान बन्द गरियो 

काठमाडौं ।।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) सात सय मिटर माथि सार्ने तयारी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार मेलम्चीको हेडवर्क्सबारे एसियाली विकास बैंकले पहिरोग्रस्त क्षेत्रसम्मै विज्ञहरु पुर्याएर गरेको अध्ययन प्रतिवेदनमा अहिले हेडवर्क्स रहेको स्थानभन्दा माथि ७ सय मिटर पर मुहानस्थल सार्र्नुपर्ने निष्कर्ष निकालिएको छ । ‘मेलम्चीको खानेपानी नियमित काठमाडौं ल्याउन स्थायी हेडवर्क्स बनाउनु पर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि ७ सय मिटर माथि नयाँ मुहानस्थल बनाउनु पर्ने निष्कर्ष अध्ययन प्रतिवेदनको छ ।’

एडीबीले मेलम्चीमा पहिरो गएपछि दुई वर्ष समय लगाएर यो अध्ययन गरेको आयोजनाले जनाएको छ । मेलम्चीमा १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल (हेडवर्क्स) तहसनहस भयो । त्यसयता हरेक वर्ष सरकारले अस्थायी प्रबन्धमार्फत हिउँद महिनामा पानी काठमाडौं वितरण भइहेको छ । वर्षायाममा आयोजनामा क्षति नहोस् भनी सुरुङमा पानी पठाउने मुहान बन्द गरिएको छ । यस वर्ष पनि बाढीले मुहान पुरेको छ । त्यसभित्र कति क्षति भयो भन्ने यकिन भएको छैन । हरेक वर्ष पटके रुपमा हुने यस्तो मर्मतलाई टार्न र स्थायी समाधान निकाल्न मुहान सार्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट