April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीकाे शव काठमाण्डाै आइपुग्याे

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० ११:२८
इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीकाे शव काठमाण्डाै आइपुग्याे

काठमाण्डाै – प्यालेस्टिन विद्रोहीको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये तीन जनाको शव काठमाण्डौ आइपुगेको छ ।

इजरायलमा रहेको नेपाली दूतावासले चार वटा शव पठाएकोमा तीन वटा काठमाण्डौ आइपुगेका हुन् । एउटा दिउँसो एक बजे आइपुग्ने छ । ज्यान गुमाएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव नेपाल आइपुगेको हो । आशिष चौधरीको शव आज आइपुग्ने इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

तीनवटा शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा राखेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले इजरायलमा रहेका बाँकी शव पनि पठाउने क्रममा रहेको बताउनुभयो । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गएको असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए ।

आक्रमणमा १० जना नेपालीको ज्यान गएकाे पुष्टि भए पनि एक जना विपीन जोशीको अवस्था भने अझै अज्ञात छ । जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट