May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिथिला क्षेत्रमा नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:३५
मिथिला क्षेत्रमा नवविवाहित वरको आज ‘चुमाउन’ गरिँदै

महोत्तरी । कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो । यो विधि कोजाग्रत रातमा गरिने परम्परा छ ।

सामान्यत: आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलाहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ । यस अवसरमा दुलही पक्षका आफन्तले दुलहाका लागि वस्त्रआभूषण र मिष्ठान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् ।

कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी/चेलीका परिवारजनप्रति अहोभाव दर्शाउन यो दिन रोजिएको हुनसक्ने मैथिली लोकपरम्पराका जानकारको भनाइ छ ।

दुर्गा पूजन सकिएलगत्तै दसैं पर्वको कोसेली पुर्‍याउन र पर्वविशेषको भेटघाट गर्न पनि यो परम्परा चलाइएको हुनसक्ने संस्कृतिविद् जलेश्वर–६ का बासिन्दा पूर्वप्रशासक महेश्वर रायको भनाइ छ ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण र कायस्थ जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ । दुलही पक्षका आफन्तले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभुषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलाहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

भेटका लागि वस्त्र आभूषण, मिष्ठान्न परिकार, दही, मखान (तलाउको पानीमा फल्ने मिथिलाको एक फल विशेष) र फलफूलसहितका ५० भन्दा बढी भार (सोली) लिएर दुलही पक्षका आफन्त दुलहा घर पुग्छन् । दुलही पक्षका आफन्तको लामो लावालस्करले विवाहकै झझल्को दिने र असाध्यै खर्चिलो हुने गरेबाट अब यो विधि टार्न गरिबलाई धौधौ पर्ने गरेको मैथिल ब्राह्मण नै बताउँछन् । विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको परम्परा थेग्न अब भने घरखेत बेच्नपर्ने सम्मको स्थिति आएको भङ्गाहा–३ का ७० वर्षीय मैथिल ब्राह्मण चन्द्रकान्त झा बताउँछन् ।

पिता, पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शन जस्तै बनेको हुँदा अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट