April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १५:५६
मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो। योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ। आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान भिड्दैछन्।

पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अंकमा समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो। पाकिस्तानसँग बराबरी गरेको मालदिभ्स १ अंकमा तालिकाको पुछारमा रहँदै समुह चरणबाटै बाहिरिएको छ।नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो। खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो। त्यसको दुई मिनेट पछि नै निराजन कै प्रहार क्रसबारको थौरैमाथिबाट बाहिरियो।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको २७ औं मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्रिकीक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए। २९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा पासमा समिर तामाङको उत्कृष्ट गोलमा नेपालले अग्रता दोब्बर पार्यो।

खेलको ३४ औं मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सीमित भए। नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे।

मालदिभ्सका खेलाडीको लङ क्रस प्रहार अफ बलमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए।

खेलको ८८ औं मिनेटमा प्रशान्त लक्सामको क्रसमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अवस्थामा ल्याए।

इन्ज्युरी समयमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। दीपक थापामगरको क्रसमा समिरले हेडर गोल गरे।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट