April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

दसैँको अवसर पारेर मोहन मैनालीले ल्याए ‘मुकाम रणमैदान’

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:४३
दसैँको अवसर पारेर मोहन मैनालीले ल्याए ‘मुकाम रणमैदान’

लेखक तथा पत्रकार मोहन मैनालीको नेपाल-अंग्रेज युद्धमा केन्द्रित ‘मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’ पुस्तक प्रकाशित हुने भएको छ ।

यस वर्षको दसैँको अवसर पारेर पुस्तक प्रकाशित गरिएको मैनालीले जानकारी दिएका छन् । पुस्तकमा १८७१-७२ सालको नेपाल-अंग्रेज युद्धमा खटिएका नेपाली र अंग्रेज सिपाही तथा कमान्डरले लेखेका प्रकाशित तथा अप्रकाशित चिठीपत्र, त्यसबारे लेखिएका किताबबाट पाएका जानकारीका आधारमा पुस्तक तयार पारिएको मैनालीले जानकारी दिएका छन् ।

‘पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्मका रणमैदानमा भएका सानाठूला लडाइँ, सुगौली सन्धि, चीनसँग गुहार मगाइलगायतका विषय समेटिएको यस किताबले त्यस लडाइँको पूर्ण चित्र प्रस्तुत गरेको छ,’ मैनालीले पुस्तकबारे भनेका छन्, ‘७३ हजार शब्दको मूल पाठ र १३ हजार शब्दको फुटनोट भएको यो किताब २६ खण्डमा विभाजित छ ।’

मैनालीले पुस्तकका कुनै पनि वाक्य यसअघि कतै प्रकाशित नभएको र ती ताजा र चोखा रहेको उल्लेख गरेका छन् । इलेक्ट्रोनिक र श्रव्य संस्करण मुद्रित संस्करण प्रेसबाट आउनासाथ पाठकसमक्ष समर्पण गरिने मैनालीले जानकारी दिएका छन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० १९:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट