April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

माओबादी केन्द्रले विशेष रूपान्तरण अभियान एक महिना थप्ने ; मंसिर २२ गते काठमाडौंमा जनप्रर्दशन गर्ने

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:२0
माओबादी केन्द्रले विशेष रूपान्तरण अभियान एक महिना थप्ने ; मंसिर २२ गते काठमाडौंमा जनप्रर्दशन गर्ने

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अरू एक महिना थप्ने निर्णय गरेको छ। गत भदौ १७ गतेदेखि सुरू भएको अभियान तीन महिनाका लागि तय भएको थियो।

सोमबार सर्कुलर जारी गर्दै माओवादीले अभियानलाई अझ परिणामुखि र प्रभावकारी बनाउन एक महिना  थप्ने निर्णय गरेको जानकारी गराएको छ।

‘अभियानको रिपोर्ट नियमित रूपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन जारी गरिएको छ।’ आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्णय जानकारी गराउन केन्द्रीय कमिटी सदस्यहरूलाई पठाइएको सर्कुलरमा पार्टीको स्थितिबारे नियमित केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्ने उल्लेख छ।

यस्तै अभियान अन्तर्गत नै मंसिर २२ गते काठमाण्डौंमा जनप्रदर्शन गर्ने निर्णय पनि माओवादीले गरेको छ।गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।