May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० ११:४३
स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

विराटनगर, १५ कात्तिक । मोरङको विराटनगर–६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मंगलबार विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नाबालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम नेपाली रुपैयाँ १००० दरको १६८७ थान र ५०० दरको १००० थान सहित पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान–१, रन्जितकुमार साहको नाममा रहेको NIC ASIA Bank को चेकमा उमेशकुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान–१, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।