काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय लिएको हो । मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा कुनै धारणा सार्वजनिक नगरेको र पहिचान पक्षधरहरूलाई बेवास्ता गरेको भन्दै जसपाले सरकारमा नजाने निर्णय लिएको हो ।
९३ सदस्यीय प्रदेश सभामा जसपाका १ सांसद रहेका छन् । निर्मला लिम्बू जसपाकी कोशी प्रदेशमा एकल सांसद हुन् । उनी तत्कालीन मुख्यमन्त्रीद्धय हिक्मत कार्की र उदव थापा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेकी थिईन् ।