May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ?

अदालतमा रोक्का जग्गा मालपोतले नामसारी गरिदियो

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १0:४३
अदालतमा रोक्का जग्गा मालपोतले नामसारी गरिदियो

जिल्ला अदालत धनुषाले रोक्का गर्न दिएको आदेश मालपोतका कर्मचारीले कार्यान्वयन नगर्दा उनका बुवा हरिदेव ठाकुरको अंशमा पर्ने जमिन नै बिक्री भइसकेको छ । बिक्री मात्र होइन, हरिदेवका भाइ कमलदेवले बैंकमा धितो समेत राखिसकेका छन् ।

जग्गा रोक्का राख्ने विषयमा ०७६ चैत ३ गते अदालतले मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । मालपोतले पत्र त बुझ्यो, तर न कार्यान्वयन गरियो न त त्यसबारे अदालतलाई जानकारी नै गराइयो ।

मालपोतले अदालतको पत्र बुझेका कारण जग्गा बिक्री नहुनेमा लक्ष्मीनियाँ विश्वस्त थिइन् । तर, रोक्का गरिएको एक वर्ष नबित्दै त्यही जग्गा कमलदेवले बिक्री गरिसके । करिब १० कट्ठा सोही जमिन बैंकमा धितो समेत राखेका छन् । मालपोतका कर्मचारीले कमलदेवसँग आर्थिक लेनदेन गरी जग्गा अरूका नाममा नामसारी गरिदिएको लक्ष्मीनियाँको आरोप छ ।

०७८ साउन २६ गते पुष्पवलपुर-५ को २८७ कित्ता नम्बरको एक कट्ठा तीन धुर २५ कन्मा जग्गा कमलदेवले उनकी नातेदार गीतादेवी ठाकुरलाई नामसारी गरिदिएको देखिन्छ । जग्गा रोक्काको आदेश भएको करिब डेढ वर्षपछि यो नामसारी गरिएको थियो ।
सोही मितिमा पुष्पवलपुर-४ ‘क’ को ५०४ कित्ता नम्बरको दुई कट्ठा १० कन्मा जग्गा पनि गीतादेवीकै नाममा नामसारी गरिएको थियो । यी दुई कित्ताबाट ऋण नलिएका कारण नामसारी बदर भएको छ ।

कर्मचारी जोगाउन चलखेल

कुन कर्मचारीले अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत धनुषाले ०७८ फागुन ६ गतेदेखि हालसम्म तीनवटा पत्र मालपोत कार्यालयमा पठाएको छ । तर, कार्यालयले त्यसको जवाफ दिएको छैन । कर्मचारी नै दोषी देखिएकाले विवरण नदिइएको स्पष्ट बुझिन्छ ।
१८ दिनयता भने लक्ष्मीनियाँ उक्त पत्र लिएर नियमित मालपोत कार्यालय धाइरहेकी छन् ।

कानुनी ज्ञानको अभावका कारण समस्या निम्तिएको मालपोतको मुद्दा फाँटका कर्मचारी बब्लु कापर बताउँछन् । कर्मचारी कानुनी ज्ञाता नभएका कारण गल्ती भएको उनले स्वीकार गरे । धितोबाहेकको जग्गा नामसारी बदर भइसकेको भन्दै पन्छिन खोजे ।

कार्यालय प्रमुखसँग छलफल गरेर दोषी कर्मचारीको विवरण दिने आश्वासन समेत उनले दिए । कार्यालय प्रमुख राइन यस विषयमा अनविज्ञ देखिए । तर, फाँटका कर्मचारीसँग कुरा गरेर समस्या समाधान गरिने उनले बताए ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।