May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालबाट प्रस्थान

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १४:४९
राष्ट्रसंघका महासचिव गुटेरेस नेपालबाट प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी आज फर्किंनु भएको छ ।

आज बिहान साढे दस बजेको उडानबाट उहाँ प्रस्थान गर्नुभएको हो । महासचिव गुटेरेसलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलबाट बिदाइ गर्नुभयो ।

त्यसअघि नेपाली सेनाले उहाँको सम्मानमा सलामी दिएको थियो । गत आइतबार बिहान नेपाल आउनु भएका गुटेरेसले सोही दिनदेखि भ्रमणको औपचारिक कार्यक्रम शुरु गर्नुभएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीसंग भेटवार्ता गरी शुरु भएको गुटेरेसको भ्रमण संसदका दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गरेर सम्पन्न भयो ।

जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली क्षेत्रका देशहरुमा पु¥याएको असरको अवलोकन गर्न महासचिव गुटेरस सगरमाथा आधार क्षेत्र स्याङ्बोचेदेखि अन्नपूर्ण आधार क्षेत्रसम्म पुग्नुभयो ।

विश्वमा प्रसिद्ध यी दुई हिमाली क्षेत्रबाट महासचिव गुटेरेसले जलवायु परिवर्तन घातक बनिसकेको सन्देश विश्वलाई दिनुभएको छ ।

महासचिव गुटेरेसको भ्रमणले नेपालमा जलवायु परिवर्तनको असर न्युनिकरण तथा जलवायु परिवर्तनको शिकार भए वापत पाउनु पर्ने सहयोगका लागि नेपालको लबिङ पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै शान्तिका अग्रदूत भगवान वुद्धको जन्मस्थल लुम्बिनी पुगेर उहाँले विश्वमा युद्धरत् र द्वन्द्वरत् पक्षहरुलाई शान्तिको मार्ग अवलम्बन गर्न पनि आह्वान गर्नुभयो ।

नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय महासचिव बन्नु भएका गुटेरसले नेपालमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न थप प्रोत्साहन पनि गर्नुभएको छ । साथै त्यसका लागि नेपाल एक्लो नरहेको सन्देश पनि उहाँले दिनुभएको छ ।

संसदबाट नेपाललाई विश्वको मित्र भनेर गुटेरेसले विश्व समुदायसामु नेपालको छवि उजागर गर्ने सन्देश पनि दिनुभएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट