April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

जिल्ला अदालत बाँकेको आदेशपछि मात्र रिगललाई कारागार चलान गरिने

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:0८
जिल्ला अदालत बाँकेको आदेशपछि मात्र रिगललाई कारागार चलान गरिने

बाँके । सर्वोच्च अदालतले कैद माफी बदर गरेलगत्तै बाँके प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेको आदेश लिएर मात्रै कारागार चलान गरिने भएको छ ।

सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु विक चोकबाट पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ आइनसकेकाले प्रहरीले हिरासतमा राखेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शुक्रबार आदेशको पूणपाठ आइपुग्ने र त्यसपछि अदालत लगेर कारागार चलानको आदेश माग गर्ने जानकारी दिए । उनले भने, ‘त्यसपछि जुन कारागारमा चलान गर्नू भन्ने आदेश आउँछ सोही कारागार चलान गरिनेछ ।’

जिल्ला सुरक्षा समितिका आधिकारीले ढकाललाई बिहीबारै कारागार चलान गर्न प्रहरीलाई सुझाव दिएका थिए । तर प्रहरीले अदालतबाट आदेश लिएर मात्र जेल चालन गर्ने भएको हो । जिल्ला सुरक्षा समितिका अधिकारीहरु सकेसम्म जहाँबाट छुटेको हो त्यहीँ (दाङ कारागार) चलान गर्ने पक्षमा छन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।