May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सप्तकोशीमा ‘मोटर बोट’ दुर्घटना हुँदा १० जना घाइते

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:४0
सप्तकोशीमा ‘मोटर बोट’ दुर्घटना हुँदा १० जना घाइते

सुनसरी । सप्तकोशी नदीस्थित सुनसरीको चतरा पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रम चलिरहेको बेला मोटर बोट दुर्घटना परेको छ ।

सशस्त्र प्रहरी बलले ‘डेमो’ देखाउने तयारी गरिरहेको बेला कार्यक्रममा सहभागी पत्रकारसहित आगन्तुकहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा कान्तिपुर टीभीका विराटनगर संवाददाता महाप्रसाद खतिवडा र क्यामेरापर्सन शम्भु पोखरेलसहित १० जना घाइते भएका छन् ।

खतिवडा र पोखरेलको अवस्था सामान्य छ भने घाइते बनेका पत्रकार कुमुद अधिकारीको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी कोशी नदीमा डुबेका उनीहरूको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको हो ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट