April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १८:३७
” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक

धरान । श्रमसंस्कृतिको शहरको रुपमा अन्तरास्ट्रिय स्तरमा धरानलाई चिनाउनुहुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गरेर तयार पारिएको ” हे हर्क अघि बढ पछि नफर्क ” बोलको गीत म्युजिक भिडियोसहित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
बिहिबार एक समारोह बीच धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलको पर्दामा भिडियो सार्वजनिक गरिएको थियो। सेवक अभियानका संयोजक राजिब हलवाईको रचना तथा निरज श्रेष्ठको संगीत रहेको उक्त गीतमा चर्चित गायक राजेश पायल राईले स्वर रहेको छ। उक्त गीत सिल्भर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट विश्वव्यापी रिलिज गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा मेयर हर्क साम्पाङ आफ्नो परिवारसहित सहभागी थिए भने उपमेयर अइन्द्रबिक्रम बेघा, नायिक रेखा लिम्बु, गीतकार मीना सिंगकसहित श्रमदाताहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठको परिकल्पना र आग्रहमा एकै रातमा गीत लेखेको र यो गीत मेयर साम्पाङ्गको अहिले सम्म गरेका काम तथा गतिबिधि संगै वहाँलाई सुझाव समेत दिने प्रयास गरेको गीतकार हलवाईले बताए । मेयर साम्पाङको श्रमअभियान र विकासको कार्यबाट आफु प्रभावित भएर गीतको माध्यमबाट योगदान दिने प्रयास गरेको उनले बताए । गीतको म्युजिक भिडियोले मेयर साम्पाङ निवार्चित भएको, सपथ ग्रहण गरेको र त्यसपछि खानेपानी, वृक्षारोपण, लगायत कार्यमा भएको श्रमदान अभियान, लागुपर्दार्थ दुर्व्यसन बिरुद्धको अभियान को दृष्यहरुलाई कैद गरिएको छ ।
मेयर साम्पाङ्गको काम बाट प्रभावित रहेको बताउंदै यो गीत श्रमदाताहरु प्रति समर्पित रहेको गायक राजेशपायल राईले सोही कार्यक्रममा भिडियो म्यासेजमार्फत दिएका थिए।
मेयर साम्पाङले गीत संगै भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । आफुले धेरै गीतहरु लेखेको छु , गाएको छु तर कलाको पारखी हुन र थुप्रै फिल्महरु हमा हेरियो तर आफ्नै फिल्न्म गीत मार्फत हेर्दा आँखामा आँशु आएको बताउंदै भावुक भएर भने श्रमदान अभियानलाई श्रमक्रान्तिकोरुपमा अघि बढाउन सकेको भन्दै मेयर साम्पाङले पौरखी श्रमदाताहरुलाई धन्यवाद पनि दिए । उनले हर्क अब आफ्नो एक्लो नाम नभएको र देश उठाउन परिश्रम गर्ने व्यक्तिको नाम भएको पनि बताए ।र यस्ता धेरै हर्कहरुले जन्म लिनुपर्ने बताए।
उपमेयर अइन्द्रबिक्रम बेघाले पनि गीतले धरानमा के हुदैछ, र धरानको पहिचान कस्तो बनाउदैछौं भनेर भिडियोले प्रष्ट पारेको बताए । संसार श्रमले नै बनेको धारणा गर्दै उनले श्रमलाई सम्मान गर्नुपर्ने र श्रम सँस्कृतिको वास्ताविकता तथा शक्तिको उजागर धरानबाट भएको पनि बताए ।
सिल्भर इन्टरटेन्मेन्टको निर्माण रहेको म्युजिक भिडियो मा भुपेन्द्र लिम्बु तुम्बाहाम्फे, एडम लिम्बु, फुर्वा चुक्टे शेर्पा, राजेश शाक्य (टोनीं )र कमानसिंह राईको छायाँन्कन रहेको म्युजिक भिडियोको सम्पादन एडम लिम्बुले गरेका हुन्।

म्युजिक भिडियो लिङ्क

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १८:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट