May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जाजरकाेट भूकम्पमा नलगाड नगरपालिका उपप्रमुख सिंहकाे मृत्यु

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:२५
जाजरकाेट भूकम्पमा नलगाड नगरपालिका उपप्रमुख सिंहकाे मृत्यु

जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले उपप्रमुख सिंहको मृत्यु भएको पुष्टि गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा २ जना, नलगाढ नगरपालिकामा ४ जना, कुशे गाउँपालिकामा ४ जना गरी १० जनाको मृत्यु भएको छ । मध्यराती भूकम्प आएका कारण विवरण संकलनमा भने समस्या भइरहेको छ ।

भुकम्पबाट के कति भयो भन्ने प्रारम्भिक विवरणहरु संकलन कार्य भईरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । ‘हामी क्षतीको बारेमा बुझ्दैछौं । रातीको समय भएकोले पनि विवरण बुझ्न कठिन भईरहेको छ, सदरमुकामबाहेकका अन्य क्षेत्रमा टेलिफोन सम्पर्क समेत हुन सकेको छैन ’ प्रजिअ सुनारले भने ।
सिंह गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन्।

  • साझा परिवेश
  • शनिबार, कार्तिक १८, २०८० 0८:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट