June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0५
दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छः वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन् ।
आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताएका हुन् । उनले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभएपनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबी गरे ।

सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरे । उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए । उनले दलित भनेर छुवाछुत गर्नेकुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताए ।

उनले, ‘हाम्रो संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था गरेको छैन । हाम्रो ऐनले गरेको छैन । नियमावलीले झनै गर्नेकुरा नै भएन । यो संविधानमा दलित समुदायको हक र अधिकार भन्छ । भाषा उपयुक्त छ, कतै मलाई लाग्दैन । भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ । छुवाछुत र भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ ।’

सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।