May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

गाजामा युद्धविराम हुँदा हमासलाई फाइदा हुन्छ : ब्लिन्केन

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:४७
गाजामा युद्धविराम हुँदा हमासलाई फाइदा हुन्छ : ब्लिन्केन
  • गाजामा युद्धविराम हुँदा हमासलाई सहयोग पुग्ने
  • थप देशलाई नयाँ ‘मोर्चा’ खोल्नबाट रोक्न अमेरिकाले कदम चाल्ने
  • गाजामा भएका हत्याका घटनालाई न्यायोचित बनाउन नसकिने

काठमाडौं ।।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमासलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् । जोर्डनको राजधानी अम्मानमा त्यहाँका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले हमास आन्दोलनविरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारका निम्ति अमेरिकाको समर्थन र प्यालेस्टाइनी नागरिकको सुरक्षाको आवश्यकतामा जोड दिए । इजरायल-हमास द्वन्द्वमा कुनै पनि थप देशलाई नयाँ ‘मोर्चा’ खोल्नबाट रोक्न अमेरिकाले कदम चाल्ने उनले बताए ।

जोर्डनका विदेशमन्त्री सफादीले गाजामा तत्काल युद्धविराम र मानवीय सहायता पुर्‍याउन आवश्यक रहेको बताए । उनले गाजामा जारी इजरायली आक्रमणलाई आत्मरक्षाका रूपमा वर्णन गर्न अस्वीकार गरे । उनले प्यालेस्टाइनीलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्दै पश्चिम किनारको अवस्थाका बारेमा चिन्ता व्यक्त गरे ।

इजिप्टका विदेशमन्त्री समेह शौकरीले गाजामा भएका हत्याका घटनालाई न्यायोचित बनाउन नसकिने भन्दै बिनासर्त गाजामा तत्काल युद्धविराम गर्न आह्वान गरे । उनले इजरायललाई मानवीय सहायताको प्रवेशमा अवरोध नगर्न र घेरामा परेको एन्क्लेभमा सुरक्षित र द्रुत वितरण सुनिश्चित गर्न आग्रह गरे । जोर्डनले शनिबार अम्मानमा ब्लिन्केन र पाँच अरब देशका विदेशमन्त्रीहरू तथा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिवसित छलफल गरिएको थियो ।

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट