April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेताको धम्की

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0९:५४
नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेताको धम्की

नयाँदिल्ली, २० कात्तिक । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे)का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् ।

उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न आग्रह गरिरहेका छौँ, नोभेम्बर १९ देखि विश्वव्यापी नाकाबन्दी हुनेछ, एयर इन्डियालाई उडान गर्ने अनुमति दिइने छैन, सिखहरू नोभेम्बर १९ पछि एयर इन्डियाबाट यात्रा नगर्नुहोस्, तपाईँहरूको जीवन खतरामा पर्न सक्छ”, सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा पन्नुनले भनेका छन् ।

नोभेम्बर १९ मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आइजिआई) विमानस्थल बन्द रहने र यसको नाम परिवर्तन गरिने पन्नुनले दाबी गरेका छन् । उनले सोही दिन क्रिकेट विश्व कपको फाइनल खेल हुने बताएका छन् ।

“नोभेम्बरमा यो त्यही दिन हो जुन दिन वर्ल्ड टेरर कपको फाइनल खेल हुनेछ”, उनले भनेका छन्, “जब पञ्जाब स्वतन्त्र हुन्छ त्यसपछि यो विमानस्थलको नाम सहिद बेअन्त सिंह, सहिद सतवन्त सिंह खालिस्तान विमानस्थल हुनेछ ।”

एसएफजे प्रमुख पन्नुनले धम्की दिएको यो पहिलो पटक होइन । सेप्टेम्बरमा उनले खालिस्तान आतङ्कवादी हरदीप सिंह निज्जरको हत्यामा भारत र क्यानाडाबीच कूटनीतिक विवादका बीच हिन्दू–क्यानाडाली मानिसहरूलाई क्यानाडा छोड्न आग्रह गरेका थिए ।

उनले सामाजिक सञ्जालमा प्रसारित एक भिडियोमा खालिस्तान समर्थक सिखहरूले क्यानाडाप्रति निरन्तर वफादारी देखाएको बताएका छन् । त्यसपछि उनले भारत–क्यानाडाली हिन्दूहरूलाई क्यानाडा छाड्न धम्की दिएका छन् ।

उनको घृणित भाषण फैलिएपछि हिन्दू फोरम क्यानाडाका वकिलहरूले क्यानाडाली आप्रवासन मन्त्रीसँग क्यानाडाली क्षेत्रमा पन्नुनको प्रवेशमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । उनीहरूले आप्रवासनमन्त्री मार्क मिलरलाई पत्र लेख्दै पन्नुनको हालैको टिप्पणीहरूले हिन्दू समुदायभित्र मात्र नभएर ठूलो मात्रामा क्यानाडाली नागरिकहरूबीच सङ्कट र आघात पुगेको बताएका छन् । एएनआई

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।