sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको एकल सांगीतिक साँझ हुने

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १0:५५
बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको एकल सांगीतिक साँझ हुने

काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रा.लि. सह आयोजक रहेका छन ।

५ दशक भन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहनु भएकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझ मार्फत गुञ्जिन लाग्नु भएको हो । कार्यक्रमा गायिका थापाले ‘म त खादिन कुवाँको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जादो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाई हो’ लगायतका २ दर्जन जति उनका गीतहरु प्रस्तुत गर्दैछिन ।कार्यक्रममा प्रवेशका लागि एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँको टिकेट राखिएको छ ।

पत्रकार सम्मेलनमा बरिस्ठ लोकगायिका थापाले कार्यक्रमका लागि अन्नपुर्ण चेम्बर अर्केस्टा ,काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रालि संग सहकार्य गर्न पाउँदा आफु खुसी रहेको बताउनु भयो ।
गायिका थापाको छोरा तथा सङ्गीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । ‘आमाको सपना थियो, यसलाई पुरा गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिन । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौँ । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, गायक थापाले भन्नुभयो ।

२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गर्नु भएकी गायिका थापाको हालसम्म एक हजार भन्दा बढी गीतहरु रेकर्ड भैसकेका छ्न।
विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रै पटक सांगीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसक्नु भएकी गायिका थापा प्रबल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौ सम्मान, पदक र पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ । ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ कार्यक्रम सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले बताएका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid