May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको एकल सांगीतिक साँझ हुने

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १0:५५
बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको एकल सांगीतिक साँझ हुने

काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रा.लि. सह आयोजक रहेका छन ।

५ दशक भन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहनु भएकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझ मार्फत गुञ्जिन लाग्नु भएको हो । कार्यक्रमा गायिका थापाले ‘म त खादिन कुवाँको पानी हो’, ‘ढुङ्गे बगर माया’,‘झम्के फूली नाकैमा बुलाकी’,‘उकालीमा पनि हजुर मोटर जादो रैछ’,‘बारीको डिलमा ओखरबोट’,‘माछी मार न हे दाई हो’ लगायतका २ दर्जन जति उनका गीतहरु प्रस्तुत गर्दैछिन ।कार्यक्रममा प्रवेशका लागि एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँको टिकेट राखिएको छ ।

पत्रकार सम्मेलनमा बरिस्ठ लोकगायिका थापाले कार्यक्रमका लागि अन्नपुर्ण चेम्बर अर्केस्टा ,काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रालि संग सहकार्य गर्न पाउँदा आफु खुसी रहेको बताउनु भयो ।
गायिका थापाको छोरा तथा सङ्गीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । ‘आमाको सपना थियो, यसलाई पुरा गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिन । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौँ । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, गायक थापाले भन्नुभयो ।

२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गर्नु भएकी गायिका थापाको हालसम्म एक हजार भन्दा बढी गीतहरु रेकर्ड भैसकेका छ्न।
विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रै पटक सांगीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसक्नु भएकी गायिका थापा प्रबल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौ सम्मान, पदक र पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ । ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ कार्यक्रम सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले बताएका छन् ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।