sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्रीका पीएसओको मृत्यु शंकास्पद, परिवारले दियो प्रहरीमा जाहेरी

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:0५
मन्त्रीका पीएसओको मृत्यु शंकास्पद, परिवारले दियो प्रहरीमा जाहेरी

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालका पीएसओ यमबहादुर सुवेदीको मृत्यु शंकास्पद देखिएको भन्दै मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन्।

४२ वर्षीय असई सुवेदी मंगलबार हेटौंडा उपमहानगरपालिका-११ को पुण्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको भन्दै उनको परिवारले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका हुन्।

आफूले लगाएको पेटीमा झुण्डिएको देखिए पनि उनको शरीरको आधा भाग जमिनमा लत्रिएको र शरीरको विभिन्न भागमा नीलडाम तथा कुटपिटका निशानी देखिएको भन्दै परिवारले अनुसन्धान गर्न निवेदन दिएका छन्।

हेटौंडा अस्पतालमा गरिएको पोष्टमार्टमका क्रममा पनि उनको घाँटीको हड्डी भाँचिएको र खुट्टा तथा जिउमा नीलडाम देखिएको पाइएको मृतकका आफन्त अनन्त बानियाँले बताए। मृतकका भाइ इन्द्र सुवेदीले घटना शंकास्पद देखिएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै उजुरी गरेका छन्।

आफ्नो ड्युटी सकेर उनी साँझ ६ बजेर ३७ मिनेटमा हेटौंडा-११ मा रहेको सहिद स्मारक गेटबाट क्रस गरेको सीसीटीभी फुटेजमा देखिन्छ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid