July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सेयर बजारमा सुधार, कारोबार रकम बढ्यो

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १७:१८
सेयर बजारमा सुधार, कारोबार रकम बढ्यो

काठमाडौं । सेयर बजार कारोबारमा बुधबार सुधार छ । परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ भएको छ ।

३ सय १३ वटा कम्पनीको सेयर कारोबारमा १ सय ६८ का लगानीकर्ताले कमाएका छन् । दुई लघुवित्त र तीन हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको हो ।

६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

बुधबार ७७ लाख ३२ हजार २ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७ रुपैयाँ छ । सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । हिमालयनको एक्लै २४ करोड ८२ लाखको सेयर कारोबार भएको छ । सेयर प्रति कित्ता अन्तिम कारोबार मूल्य ६ सय ९६ रुपैयाँ १० पैसा रह्यो । ६ करोड ६२ लाखको कारोबार भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दोस्रो र ६ करोड ५९ लाखको कारोबार भएको ज्ञादी ग्रुप पावर तेस्रो स्थानमा रह्यो । हाथवे इन्भेस्टमेन्टको ६ करोड ११ लाख र सोनापुर मिनरल्सको ५ करोड ८६ लाखको सेयर कारोबार भएको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्