May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

कविता प्रतियोगितामा प्रथम भइन श्रद्धा

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:३२
कविता प्रतियोगितामा प्रथम भइन श्रद्धा

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम भएकी छन् । विराट फिस्टा–२०२३ अन्तर्गत कलेजले मंगलबार आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवन र अस्तित्व’ शीर्षकको कविता वाचन गरेर दाहाल प्रथम भएकी हुन् ।

त्यस्तै ‘सब तेरे साथ हे’ हिन्दी भाषाको कविता वाचन गरेर अनन्त उपाध्याय द्वितीय बने । कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार डा. सूर्य पराजुली, सञ्चारकर्मी लीना थापाको निर्णायक समितिले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतको नाम छनौट गरेको थियो । प्रतियोगिताको प्रमुख निर्णायकसमेत रहेका नवोदितले साहित्यकार कहिल्यै पूर्व नहुने बताए । उनले मेडिकलका विद्यार्थी भएर पनि उत्कृष्ट सिर्जना गरेको भन्दै प्रशंसासमेत गरे ।

प्रतियोगीहरुले नेपाली, हिन्दी र अंग्रेजी भाषाका कविता वाचन गरेका थिए । विद्यार्थीहरुको सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरेको कलेजले जनाएको छ । विराट फिस्टाअन्तर्गत कलेजले कविता, खेलकुदलगायतका विभिन्न प्रतियोगिताहरु आयोजना गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।