sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भूकम्पबाट घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५५
भूकम्पबाट घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ ।

जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको सरकारी तथ्याङ्क छ ।

पूर्ण र आंशिक क्षति भएका दुवैथरी घर बस्न मिल्ने नभएपछि पीडितहरु खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन् । सबै पीडितलाई पाल पनि पुगेको छैन । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा मात्रै ६१ हजार ३२ घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ । रुकुम पश्चिममा १६ हजार ५ सय ७० र जाजरकोटमा ९ हजार ७ सय ९४ गरी २६ हजार ३ सय ६४ घरमा पूर्ण रुपमा क्षति पुगेकाे छ ।

त्यस्तै, जाजरकोटमा २४ हजार ७ सय ७ घर र रुकुम पश्चिममा ९ हजार ९ सय ६१ गरी ३४ हजार ६ सय ६८ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहित १३ वटा जिल्लामा क्षति गरेको छ ।

त्यस्तै, १३ वटा सरकारी कार्यालय तथा सार्वजनिक भवनमा क्षति पुगेको छ । भूकम्पबाट एक सय ५३ जनाले ज्यान गुमाएका छन् । तीन सय ६४ जना घाइते भएका छन् ।

यस्तै, भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी झण्डै दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । स्थलगत अध्ययन र अनुगमनका लागि पुगेको संसदीय समितिको टोलीसँग हिजो उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपछिको अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा ९ सदस्यीय टोली सुर्खेत हुँदै जाजरकोट पुगेको छ । टोलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भूकम्पपछिको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी समेत लिएको थियो।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid