May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ ११:४२
तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै

काठमाण्डौ – लुम्बिनी, मधेश र सुदूरपश्चिमसहित तराईका केही ठाउँको तापक्रम बढ्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि ती ठाउँहरुमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । ती क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

धेरै गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, बान्ता हुने लगायतका असर देखिने गर्छ ।

तातो हावाबाट बच्नका लागि गर्मीको समयमा घरभित्र अथार्त चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, जानै परे शरीर छोप्ने पातलो कपडा लगाउन, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्य समस्या आएका स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

यसैबीच लुम्बिनी प्रदेश र मधेश प्रदेशसहित तराईका केही ठाउँमा आज हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगको एक–दुई ठाउँमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।