April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

महोत्तरीबाट बेपत्ता पाँच किशोरी प्रहरीकाे सम्पर्कमा, घर फर्किन नमानेपछि मेयरलाई बुझाउने तयारी

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:१२
महोत्तरीबाट बेपत्ता पाँच किशोरी प्रहरीकाे सम्पर्कमा, घर फर्किन नमानेपछि मेयरलाई बुझाउने तयारी

महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी भेटिएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू केहीबेर अघि ढल्केबरबाट प्रहरीको सम्पर्कमा आएका हुन् ।

बाहिर जान लागेका उनीहरुलाई स्थानीयले रोकेर प्रहरीको जिम्मा लगाएका छन् । परिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् ।

सम्पर्कमा आए पनि घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ । `उनीहरु घर फर्कन चाहेका छैनन, हामी मेयरका घरमा जान्छौ भनेका छन्,´ किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने ।

घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए ।

किशोरीहरुले घर नफर्किने अडान लिएपछि प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।

घर छाडेर हिँड्ने किशोरीहरुमा महोत्तरीको औरही नगरपालिका–२ की १५ वर्षे राजन सदा, १६ वर्षीया बसन्ती सदा, प्रतिमा सदा, १८ वर्षकी संगीता सदा र २० वर्षीया रूवी सदा हुन् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।