sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भूकम्पमा ५६ जना पत्रकारको घर र १० वटा कार्यालय भवनमा क्षति : महासंघ

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १३:३४
भूकम्पमा ५६ जना पत्रकारको घर र १० वटा कार्यालय भवनमा क्षति : महासंघ

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुम पश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको हो ।

जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बेला राहत उपलब्ध गराउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सहयोगको लागि आह्वान गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।

महासंघले सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूर्ण सम्बन्ध भएका सञ्चार संस्थाका साथै इच्छुक व्यक्तिहरूलाई कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid