May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

भूकम्पमा ५६ जना पत्रकारको घर र १० वटा कार्यालय भवनमा क्षति : महासंघ

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १३:३४
भूकम्पमा ५६ जना पत्रकारको घर र १० वटा कार्यालय भवनमा क्षति : महासंघ

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुम पश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको हो ।

जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बेला राहत उपलब्ध गराउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सहयोगको लागि आह्वान गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।

महासंघले सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूर्ण सम्बन्ध भएका सञ्चार संस्थाका साथै इच्छुक व्यक्तिहरूलाई कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।