May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेर ब्यारेलको ७५ डलर, आयल निगमले के गर्ला?

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १४:१२
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेर ब्यारेलको ७५ डलर, आयल निगमले के गर्ला?

एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्य घटेर ७५ डलरमा झरेको छ।

डब्ल्युटीआई क्रुडमा कच्चा तेलको मूल्य ब्यारेलको ७५.७२ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडमा कच्चा तेल ब्यारेलको ७९.९५ र मुब्रान क्रुडमा ८०.८३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। अहिले विश्व बजारमा कच्चा तेलको भाउ ७५ देखि ८० डलरको बीचमा छ।

एक महिना अघिसम्म कच्चा तेलको भाउ बढेर ब्यारेलको झण्डै १ सय डलर आसपास पुगेको थियो। पछिल्लो समय कच्चा तेलको भाउ लगातार ओरालो लाग्न थालेको हो। साउदी अरेबिया, रसिया र ओपेक प्लसले उत्पादन कटौती गर्दा विश्व बजारमा तेलको मूल्य बढिरहेको थियो। गत जुनदेखि कच्चा तेलको भाउ ब्यारेलमा ३० प्रतिशतसम्म बढेको थियो।

रुस–युक्रेन युद्ध सुरु भएपछि ब्यारेलको १ सय ४० डलरसम्म पुगेको कच्चा तेलको भाउ घट्दै आएको थियो। गत जुलाइमा कच्चा तेलको ब्यारलेको ७० देखि ७५ डलरमा कारोबार भएको थियो। कच्चा तेलको भाउ बढेर ब्यारेलको १ सय डलर पार गर्ने अनुमान गरिएको छ। पछिल्ला वर्ष विश्व बजारमा कच्चा तेलको भाउ तलमाथि भइरहेको छ।

विष्लेषकका अनुसार साउदी अरबलाई आफ्नो महत्वाकांक्षी भिजन २०३० लाई पुरा गर्न तेलको मूल्य प्रतिब्यारेल न्यूनतम् ९० डलरमा चाहिन्छ।

ओपेक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी दुबैले यो वर्ष माग वृद्धि गति दैनिक २० लाख ब्यारेलभन्दा बढी हुने अनुमान गरेका छ। ऊर्जा एजेन्सीले पनि यो दशकमा कच्चा तेलको माग बढ्ने र त्यसपछि निरन्तर घट्दै जाने प्रक्षेपण गरेको छ। विश्वमा अहिले विद्युतीय गाडीको प्रयोग बढ्न थालेको छ।

आयल निगमले के गर्ला?

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकाले नेपालीले पनि सस्तोमा इन्धन पाउने संभावना बढेको छ। निगमले इन्डियन आयल कर्पोरेशनसँग तेल किन्दै आएको छ। प्रत्येक महिनाको १ र १५ तारिखमा इन्धनको भाउ समायोजन हुने गरेको छ।

निगमले पनि असोजको अन्तिम सातायता इन्धनको भाउ घटाउँदै आएको छ। त्यसबेला विश्व बजारमा कच्चा तेलको भाउ ब्यारेलको ९० डलरमाथि थियो।

नेपाल आयल निगमले कात्तिक १४ गते डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ। काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय ६४ रुपैयाँ छ।

यसअघि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ सय ६८ रुपैयाँ थियो। यस्तै असोज २८ गते निगमले पेट्रोलको भाउ लिटरमा ११ रुपैयाँ घटाएर १ सय ७२ रुपैयाँ कायम गरेको छ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट