May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

विराटनगर महानगरका सबैले पाए सफाइ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:२६
विराटनगर महानगरका सबैले पाए सफाइ
  • विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित
  • सबै जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए
  • प्रमुख प्रशासकीय अधिकृत अधिकारीद्वारा न्याय मुद्दाको फैसला

विराटनगर ।।

विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित सबै जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्वउपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, तत्कालीन वडा अध्यक्ष असलम आलम, सहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान, सव–इन्जिनियर मोहमद इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेविरुद्ध झण्डै डेड वर्ष अगाडि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले दायर गरेको उक्त मुद्दाको फैसला गर्दै विशेष अदालतले विपक्ष सबैलाई निर्दोष ठहर गरेको हो । विशेष अदालतले दाबी पुष्टि हुने आधार नभएको भन्दै सफाइ दिने फैसला गरेको हो । विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क ९ सिँढी ० निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धानपछि आयोगले भ्रष्टाचार भएको निश्कर्षसहित विशेषमा मुद्दा दायर गरेको थियो ।

पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी विवरण नापी किताबमा चढाई अनियमितता गरेको पाइएको अख्तियारको दाबी थियो । यस्तै अख्तियारले मेसिन प्रयोग गरेर भएको कामको भुक्तानी ज्यामीबाट भएको विवरण गल्लेख गरी भ्रष्टाचार गरेको दाबी गरेको थियो । उपभोक्ताहरुबीचको आन्तरिक विवादका कारण परेको उजुरीका आधारमा आयोगले प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, गोपाल पोखरेल, पुष्पक प्रधान र मो। इफतेखार आलमलाई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपरको मागदाबी सहित आरोपपत्र दायर गरेको थियो ।अख्तियारको मुद्दाकै कारण उपसचिव अधिकारी बढुवाको मुखैमा निलम्बनमा परेका थिए भने भने प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेकी महानगरका पूर्वउपप्रमुख कार्की निर्वाचनमा भागलिनबाट बञ्चित भएकी थिइन् । मुद्दाको फैसलापछि प्रतिक्रिया दिदै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अदालतबाट न्याय पाएको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।