sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बेपत्ता भएकी ५ किशोरीलाई अभिभावकको जिम्मा लगाइयो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:४0
बेपत्ता भएकी ५ किशोरीलाई अभिभावकको जिम्मा लगाइयो

महोत्तरी : महोत्तरी प्रहरीको सम्पर्कमा आएका पाँच जना किशोरीलाई अभिभावकको जिम्मा लगाइएको छ। बिहीबार इलाका प्रहरी कार्यालय गौशालाले अभिभावकलाई बोलाएर जिम्मा लगाएको हो।

औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा मंगलबारदेखि सम्पर्कविहीन भएका थिए।

प्रहरीले किशोरीलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए। अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको समन्वयमा उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको यादवले बताए।

ती किशोरीहरू घरबाट अर्केस्ट्रामा काम गर्ने भनी घरमा कसैलाई जानकारी नदिइ सिरहाको मिर्चैया पुगेका थिए। उनीहरूले मोबाइलमा टिकटकबाट आर्केस्ट्राको पोस्टर हेरेर त्यहाँबाट नम्बर लिइ फोन गरेर ढल्केवर पुगेका थिए।

उनीहरूलाई आर्केस्ट्राका व्यक्तिले ढल्केवरबाट सिरहाको मिर्चैया लगेका थिए। त्यहाँ पुगेर काम नगर्ने भन्न थालेपछि अर्केस्ट्राको व्यक्तिले पुनः उनीहरूलाई मिर्चैयाबाट घर फिर्ता पठाइदिएका थिए। सोही क्रममा उनीहरू ढल्केवर पुग्दा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो।

यसअघि पनि महोत्तरीको भंगहाबाट यस्तै उमेर समूहका किशोरीहरू अभिभावकलाई जानकारी नगराइकन आरर्केष्टमा काम गर्नका लागि भारततर्फ जान खोज्दा प्रहरीले अभिभावकको जिम्मा लगाएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid