May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बेपत्ता भएकी ५ किशोरीलाई अभिभावकको जिम्मा लगाइयो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:४0
बेपत्ता भएकी ५ किशोरीलाई अभिभावकको जिम्मा लगाइयो

महोत्तरी : महोत्तरी प्रहरीको सम्पर्कमा आएका पाँच जना किशोरीलाई अभिभावकको जिम्मा लगाइएको छ। बिहीबार इलाका प्रहरी कार्यालय गौशालाले अभिभावकलाई बोलाएर जिम्मा लगाएको हो।

औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा मंगलबारदेखि सम्पर्कविहीन भएका थिए।

प्रहरीले किशोरीलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए। अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको समन्वयमा उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको यादवले बताए।

ती किशोरीहरू घरबाट अर्केस्ट्रामा काम गर्ने भनी घरमा कसैलाई जानकारी नदिइ सिरहाको मिर्चैया पुगेका थिए। उनीहरूले मोबाइलमा टिकटकबाट आर्केस्ट्राको पोस्टर हेरेर त्यहाँबाट नम्बर लिइ फोन गरेर ढल्केवर पुगेका थिए।

उनीहरूलाई आर्केस्ट्राका व्यक्तिले ढल्केवरबाट सिरहाको मिर्चैया लगेका थिए। त्यहाँ पुगेर काम नगर्ने भन्न थालेपछि अर्केस्ट्राको व्यक्तिले पुनः उनीहरूलाई मिर्चैयाबाट घर फिर्ता पठाइदिएका थिए। सोही क्रममा उनीहरू ढल्केवर पुग्दा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो।

यसअघि पनि महोत्तरीको भंगहाबाट यस्तै उमेर समूहका किशोरीहरू अभिभावकलाई जानकारी नगराइकन आरर्केष्टमा काम गर्नका लागि भारततर्फ जान खोज्दा प्रहरीले अभिभावकको जिम्मा लगाएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।