May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

आजको राशिफल : वि.सं. २०८० कार्तिक २५ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:३६
आजको राशिफल : वि.सं. २०८० कार्तिक २५  गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष–कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन ।
व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ ।

वृष–बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ ।

मिथुन–नजिकका साथीभाइ टाढिन सक्छन, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।

कर्कट–सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। ।मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ ।आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला ।

सिंह–प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् ।काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् ।
कन्या–हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनुहोला । मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ । सावधान रहनु होला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला ।

तुला–रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्नेछन् । कोसिस गर्दा केही अवसर मिल्न सक्छ ।

वृश्चिक–सहयोगीहरूले साथ र हौसला दिनेछन । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बड्नेछ ।

धनु–व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आयआर्जन भए पनि चोटपटक लाग्न सक्छ ।

मकर–भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ ।

कुम्भ–आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन, भोतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा समेत केही चुनौती देखा पर्नेछन् ।

मीन–रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ ।श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट