May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

सर्लाहीको बलरा नगरभित्र संगठित रुपमै बिजुली चोरी

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:0२
सर्लाहीको बलरा नगरभित्र संगठित रुपमै बिजुली चोरी

काठमाडौं– सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठित रुपमै बिजुली चोरी भइरहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरले आइतबार, सोमबार, मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रुपमा बिजुली प्रयोग गरिरहेको फेला पारेको हो।

प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रुपमा १ सय ग्राहकको सिंगल तथा थ्री फेज मिटरको छट्के जाँच गरेको थियो। त्यसमध्ये ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए।

प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैरकानुनी क्रियाकलाप संगठित रुपमै भइरहेको पाइएको उनको भनाइ छ।

उनले गैरकानुनी रुपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिमानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशक दिइएको बताए। उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ।

कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुई वटा राइस मिल र एउटा सिँचाइको ग्राहकलाई जरिमानासहित कारबाही गरेको छ। उक्त मिलले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए।

ब्रह्मबाबा जलउपभोक्ता समिति धनकौलले ५० एमभिएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो। उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिमाना तिराइएको छ।

विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ। गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्म २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ।

लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ। असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटिरहेका छन्।

\यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा लाइन काटिएको छ। मधेस प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरुले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ।

\कोसी प्रादेशिक कार्यालय विराटनगर मातहतका वितरण केन्द्रले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन्। उक्त ग्राहकको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ।

लुम्बिनी प्रदेश डिभिजनल कार्यालय नेपालगञ्ज मातहतका वितरण केन्द्रले ४ हजार १८ ग्राहकको लाइन काटेका छन्। उनीहरुको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ।

लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मातहतका वितरण केन्द्रहरुले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन्। उनीहरुको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ।

बागमती प्रादेशिक कार्यालय, काठमाडौं मातहतको वितरण केन्द्रले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ।गण्डकी प्रादेशिक कार्यालय पोखराले महसुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ। बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ।

बागमती प्रदेश डिभिजनल कार्यालय हेटौंडा मातहतका वितरण केन्द्रले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ।सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरिया मातहतका वितरण केन्द्रले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ।

कर्णाली प्रादेशिक कार्यालय सुर्खेत मातहतका वितरण केन्द्रले ६ सय २४ ग्राहकको लाइन काटेका छन्। बक्यौता रकम ९१ लाख रुपैयाँ छ। प्राधिकरणले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाउनेछ। विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ।

मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ।
मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाए लाइन काट्ने व्यवस्था छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।

प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्ध रुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको छ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।