May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोसी प्रदेश सरकारको समन्वय

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १२:१७
उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोसी प्रदेश सरकारको समन्वय

विराटनगर । मोरङको उर्लाबारी -७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुको उपचारमा कोसी प्रदेश सरकारले समन्वय शुरु गरेको छ । राति स्थानीय दिपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी भएको थियो ।
लक्ष्मीपूजाको रात भएको घटनामा प्रहरीसहित २८जना घाइते भएका छन् । आगोको लप्काले शरीर जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं लग्न पर्ने घाइतेको लागि अस्पतालसंग कोसी प्रदेश सरकारले समन्वय शुरु गरेको मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । “यहाँका अस्पतालहरूसंग समेत समन्वय गरेर उपचारमा कुनै कसर बाँकी नराख्न भनेका छौं, काठमाडौंको बर्न अस्पतालमा पनि कुराकानी भई रहेको छ,” कार्कीले भने,”चिकित्सकको सल्लाह अनुसार क-कसलाई संघीय राजधानी लाग्ने अथवा यतै उपचार गर्ने निर्णय हुनेछ ।” कार्कीले अस्पतालहरूमा रहेका घाइतेको उपचारमा समस्या हुन नहुनेमा प्रदेश सरकार सम्बेदनशील रहेको बताए ।‌
घाइतेहरूको बिएन्डसी अस्पताल बिर्तामोड,न्युरो आर्या विराटनगर, विराट नर्सिङ होम विराटनगर, रेडप्लस अस्पताल विराटनगर, लाइफलाइन अस्पताल दमकमा र गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ ।‌

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १२:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट