April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

ईःको आन्दोलनबारे बालेनसँग भेटेर कुरा गर्नेछु : गगन थापा

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १४:0८
ईःको आन्दोलनबारे बालेनसँग भेटेर कुरा गर्नेछु : गगन थापा
  • काठमाडौं महानगर र अभियन्ता ईः बीच संवादको आग्रह
  • ६ दिनदेखि निरन्तर ईः लगायतका अभियन्ता आन्दोलनरत
  • ‘सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ 

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगर र अभियन्ता ईः बीच संवादको आग्रह गरेका छन् । फुटपथ व्यवसायीको विस्थापनको मुद्दालाई लिएर राष्ट्रिय सभागृह बाहिर ६ दिनदेखि निरन्तर ईः लगायतका अभियन्ता आन्दोलनरत छन् ।‘ईः लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन होइन, उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

अभियन्ता ईः लगायतको आन्दोलनको विषयमा काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग भेटेर कुरा गर्न कोसिस आफूले गरिरहेको बताएका छन् । ‘लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ,’ थापा भन्छन्,‘सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै ।’

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट