May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

भारतीय फूलका कारण स्वदेशी उत्पादन खेर, झण्डै ३० लाख माला भारतबाट भित्रिएपछि किसान निरास

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० १३:३५
भारतीय फूलका कारण स्वदेशी उत्पादन खेर, झण्डै ३० लाख माला भारतबाट भित्रिएपछि किसान निरास

काठमाण्डाै – यसपालि तिहारमा सोचेजस्तो नेपाली फूलको कारोबार भएन । पोहोर राम्रो मूल्य पाएपछि फूल खेती बढाएका किसान यसपालि निराश भएका छन् ।

फूल किसान र फूल व्यवसायीले यस वर्षको तिहारमा फूलको कारेबार नै नभएको र भए पनि निकै सस्तोमा फूल बेच्नुपरेको गुनासो गरेका छन् ।

फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले भारतबाट फूलको आयातलाई प्रतिबन्ध लगाउन आग्रह गर्दागर्दै पनि आयात नरोकिँदा किसान र व्यवसायी मर्कामा परेका बताउनुभयो । उहाँका अनुसार भारतबाट सयपत्री फूलका झण्डै ३० लाख वटा माला आयात भएको छ ।

सयपत्री फूलका १५ लाख माला वैध बाटोबाटै नेपाल भित्रिएका छन् । अवैध रुपमा १५ लाखभन्दा धेरै माला भित्रिएको अनुमान छ । फ्लोरिकल्चर एसोसिएशनले यसपालि नेपालमा रहेका भारतीयमूलका व्यक्तिलाई लक्षित गरी ५ लाख माला मात्रै नेपाल ल्याउन अनुमति दिन भनेको थियो । तर, त्यसो हुन नसक्दा नेपाली किसानले उत्पादन गरेको फूल त्यसै खेर गएको छ ।

बजार, चोक तथा सडक पेटीहरुमा किसानले बेच्न ल्याएको फूल नबिकेर त्यसै फालिएको छ । यस्तै, काठमाण्डाै महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा पनि यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

सरकारले भारतीय फूललाई कडाइ नगर्दा फूल किसान र व्यवसायी मारमा परेका फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २८, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।