May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

झाडीमा सालनालसहितको बच्चा रोएपछि……

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १४:१0
झाडीमा सालनालसहितको बच्चा रोएपछि……
  • सालनालसहित नवजात शिशु फेला
  • झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ
  • विभिन्न उमेर समूहका २ सय ९२ जनाको उद्धार

काठमाण्डाै ।।

हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सालनालसहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानव सेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ । हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानव सेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताउनुभयो । बच्चा कसले सडकमा ल्याएर फालेको हो अहिलेसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताउनुभयो ।

‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेशनले गएकाे असोज २७ गतेदेखि यही मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरूपमा कमजोर सडक आश्रित मानवको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरूसँगै दशैँ, तिहार, छठजस्ता पर्व मनाउने गरी याे अभियान सञ्चालन गरिएको हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व-पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बाग्मती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्रममा अहिलेसम्म विभिन्न उमेर समूहका दुई सय ९२ जनाको उद्धार गरिसकिएको छ ।

 

 

 

 

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।