May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

सामाजिक सञ्जाल दुरुपयोग गर्ने १ युवक प्रहरीको फन्दामा 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १५:४२
सामाजिक सञ्जाल दुरुपयोग गर्ने १ युवक प्रहरीको फन्दामा 
  • सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर प्रहरीको फन्दामा 
  • महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ
  • फोटो सार्वजनिक गरिदिने भन्दै रकमको बार्गेनिङ गर्ने गरेको आरोप

झापा ।।

झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।झापा कमल गाउँपालिका–१ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

रिजालका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्ष तथा झापा जिल्ला वाल सञ्जालका सचिव समेत हुन् । उनले नक्कली फेसबुक आइडी खोली महिलाहरूसँग गोप्य बार्तालाभ गरी फोटो मागेर, त्यस फोटो सार्वजनिक गरिदिने भन्दै रकमको बार्गेनिङ गर्ने गरेको आरोप लागेको छ। प्रहरीले यसबारेमा अनुसन्धान जारी राखेको बताएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।