December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:२४
अमेरिकामा मात्र १५ हजार ९० नेपाली विद्यार्थी रहेको खुलाशा
  • अमेरिकामा अध्ययनरत ११ औँ ठूलो संख्यामा नेपाली विद्यार्थी रहेको 
  • अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि
  • नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख

काठमाडौं ।।

अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक गरिएको ‘ओपन डोर्स रिपोर्ट २०२३’ मा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको देखाइएको हो । रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या १५ हजार ९० छ । अघिल्लो शैक्षिकसत्रको तुलनामा २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो शैक्षिकसत्र सन् २०२१/२२ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ११ हजार ७९९ रहेको थियो । उक्त वर्ष अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२ औँ ठूलो संख्या नेपालीको थियो । रिपोर्टअनुसार अमेरिकामा अध्ययनरत कुल अन्तर्राष्ट्रिय विद्यार्थीमा नेपालीको हिस्सा १.४ प्रतिशत छ । अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा सबैभन्दा ठूलो संख्या क्रमशः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, नाइजेरिया, जापान, ब्राजिल, साउदी अरब र नेपालीको छ ।

शैक्षिकसत्र २०२२/२३ मा दुई लाख ८९ हजार ५२६ चिनियाँ विद्यार्थी, दुई लाख ६८ हजार ९२३ भारतीय विद्यार्थी र ४३ हजार ८४७ दक्षिण कोरियाली विद्यार्थी अमेरिकामा अध्ययनरत रहेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा शैक्षिकसत्र २०२२/२३ मा अमेरिकामा भारतीय विद्यार्थी ३५ प्रतिशतले बढेका छन् । यस्तै, घानाका ३२ प्रतिशतले, बंगलादेशका २८, नेपाली २७.९, पाकिस्तानका १६, कोलम्बियाका १३, इटालीका १० र स्पेनका विद्यार्थी ५ प्रतिशतले बढेका छन् ।

रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०१५/१६ मा नौ हजार ६६२, २०१६/१७ मा ११ हजार ६०७, २०१७/१८ मा १३ हजार २७०, २०१८/१९ मा १३ हजार २२९, २०१९/२० मा १२ हजार ७३०, २०२०/२१ मा ११ हजार १७२, २०२१/२२ मा ११ हजार ७९९ र २०२२/२३ मा १५ हजार ९० नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत छन् । शैक्षिकसत्र २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या यसअघि २०१७/१८ मा १३ हजार २७० थियो ।अमेरिकामा हाल अध्ययनरत नेपाली विद्यार्थीमध्ये ६ हजार २८८ जना अन्डरग्रयाजुएट, पाँच हजार ५४२ ग्रयाजुएट, ८९ नन-डिग्री र तीन हजार १७१ जना ओपीटी तहमा अध्ययनरत छन् । शैक्षिकसत्र २०२२/२३ मा नेपाली विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा ४७ करोड अमेरिकी डलर (करिब ६२ अर्ब ५७ करोड रुपैयाँ) योगदान गरेको रिपोर्टमा जनाइएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।